सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँ पुग्यो
सोमबार, २९ असार २०७७, १० : ५५
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तैगरी चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।