आज कति छ सुनचाँदीको मूल्य ?
मङ्गलबार, ३० असार २०७७, ११ : १४
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु १०० ले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनको मूल्य ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य रु ५ बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।