'सक्छौ रोजगार देऊ, सक्देनौँ कोरिया पठाइदेऊ', १० फोटोमा हेर्नुस्
मङ्गलबार, ३० असार २०७७, १२ : २१
काठमाडौं । इपीएस परीक्षामा पास भएर पनि कोरिया जान नपाएका युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारलाई दवाव दिएका हुन् ।
उनीहरुले ‘सक्छौ रोजगार देऊ, सक्देनौँ कोरिया पठाइदेऊ, सरकार पसिना बेच्न जान्छौँ भनेका हौँ पहिचान होइन’ जस्ता प्लेकार्डसहति प्रदर्शन गरेका थिए ।