‘कति माया’ मा नाजिर र सुशीलाको रोमान्स
मङ्गलबार, ३० असार २०७७, १२ : ३८
काठमाडौं । वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको स्वर रहेको छ ।
बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापाको रोमान्स देख्न सकिन्छ ।
भिडियो सान थापाले निर्देशन गरेका हुन् । जसमा छायाँकन बुद्ध थापा र सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।