सप्तरीमा घुससहित एक कर्मचारी पक्राउ
मङ्गलबार, ३० असार २०७७, १६ : ४७
सप्तरी । सप्तरीमा एक कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालयका नायवसुब्बा कृष्णबल्लभ ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो ।
ठाकुरलाई कार्यकक्षबाटै सेवाग्राहीबाट १३ हजार घुस रकम लिई रहँदा पक्राउ गरिएको आयोगले जनाएको छ । जग्गासम्बन्धी काम गराउन ठाकुरले घुस मागेको अख्तियारको दाबी छ ।