बैंक मार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
बिहीबारदेखि बैंकमार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।
साउन एक गतेदेखि मोबाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन तथा बैंकबाट कर बुझाउदा आय विरवण समेत बुझाउने व्यवस्था गराउन राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकका निर्देशक रामप्रसाद गाैतमले जारी गरेकाे सर्कुलरमा भनिएकाे छ, ‘आय विवरण तथा कर दाखिला फारम (डे १ आय विवरण फारम) भराइ सोही बमोजिम गराउन जानकारी गराउँदछु ।’
यसले अब साना करदाताले मोवाइल एप्स तथा विद्युती माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ को बुँदा नम्बर ३३३ मा साना करदाताले (वार्षिक २० लाखसम्मको कारोबार गर्ने) आय विवरण र कर मोवाइल एप्समार्फत तथा अन्य विद्युतीय माध्यममार्फत बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने भनिएको थियो । सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले बाणिज्य बैंकलाई भनेको हो ।