सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भदौबाट ‘खलनायक–२’ को छायाँकन

बुधबार, ३१ असार २०७७, १४ : ३५
बुधबार, ३१ असार २०७७

काठमाडौं । फिल्म ‘खलनायक–२’को सुटिङ अगामी भदौबाट सुरु हुने भएको छ । निर्माता रोज राणाले सुपरहिट फिल्म ‘खलनायक’को सिक्वेलको रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।

कोरोनाको कहरका कारण थलिएको फिल्म क्षेत्रलाई गतिसिल बनाउन आफुले फिल्म ‘खलनायक–२’को सुटिङ भदौबाट गर्न लागेको निर्माता राणाले जानकारी दिए ।
‘अहिले सम्पूर्ण फिल्मकर्मी पहिले कस्ले काम सुरु गर्ला भनेर कुरी बसेका छन्’ राणाले भने ‘अहिलेको अवस्थामा जो कोहीले पनि छायाँकनको आट देखाउन सक्दैनन् । त्यसैले मैले फिल्म छायाँकनको सुरु गर्न लागेको हो ।’ 

आफूले कामको सुरुवात गरेर अन्य फिल्मकर्मीलाई पनि काम गर्ने आँट प्रदान गर्न छायाँकनमा निस्किन लागेको राणाको भनाइ रहेको छ । 
ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले गर्दैछन् । फिल्मको द्धन्द्ध एनबि महर्जनको रहने छ भने लेखन मौनता श्रेष्ठले गरेका छन् ।

अभिनेता राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र झरना थापाको मुख्य भूमिका रहेको खलनायकको सिक्वेलमा अहिले पुस्ताका कलाकारको अभिनय रहनेछ । कलाकारको जानकारी फिल्म छायाँकन सुरु समयमा दिने राणाले सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप