नेकपाका दोश्रो तहका नेताहरुको बैठक जारी
बुधबार, ३१ असार २०७७, १६ : ५५
काठमाडौं । नेकपाका दोश्रो तहका नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । शीर्ष नेतृत्वलाई सहमतिका लागि दबाब दिने उदेश्यका साथ दोश्रो तहका नेताहरुको सक्रियता बढेको हो ।
जारी बैठकमा नेताहरु जनार्दन शर्मा प्रभाकर, टोपबहादुर रायमाझी, देव गुरुङ, रघुजी पन्त लगायत सहभागी रहेका छन् ।
पछिल्लो समय पार्टीका शीर्ष नेताहरुबीच देखिएको विवाद र त्यसको समाधानका लागि दोश्रो तहका नेताहरुको सक्रियता बढिरहेको छ ।