‘हाम्रो गीत’ सार्वजनिक
बिहीबार, ०१ साउन २०७७, ११ : ३१
काठमाडौं । भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिवेक चौलागाईं र माही बडुको स्वर रहेको लोकदोहोरी गीत ‘हाम्रो गीत’ सार्वजनिक भएको छ ।
प्रभावन जेको शब्द, लय, संगीत रहेको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो पनि प्रभावनले नै निर्देशन गरेका हुन् ।
भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजी कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माही बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुनुवार, मुकेश घतानीलगायतको अभिनय रहेको छ ।
भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, माधव श्रेष्ठको नृत्य र विष्णु खड्काको सम्पादन रहेको छ ।