सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा चमक, अर्ब बढीको कारोबार

बिहीबार, ०१ साउन २०७७, १६ : २९
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेप्से सूचक बिहीबार ३२.७७ अंकले बढेर १३९४.७७ विन्दुमा आइपुगेको छ । नयाँ आर्थिक बर्षको पहिलो दिन शेयर बजारमा चमक देखिएको छ ।  

आज १८० कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २९ लाख १४ हजार ५१८ कित्ता शेयर खरिद बिक्री भएका छन । कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् ।

विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको सूचक चम्किंदा समग्र बजारमा रौनक देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप