ओखलढुंगामा १५ भारतीय नागरिकमा कोरोना भेटियो
बिहीबार, ०१ साउन २०७७, १७ : ३०
-रामहरि श्रेष्ठ
ओखलढुंगा । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाईनको विद्युत विस्तारका लागी आएका १५ भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएकोे छ । जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना नागरिकहरुमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले बताए ।
केही दिनअघि उनीहरुसहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टी भएको तिवारीको भनाई छ । उनीहरु सबैलाई बिहिबार आज नै कारोना अस्थाई अस्पताल विराटनगरमा उपचारका लागी पठाइएको छ । ती भारतीय नागरिकहरु गत चैत्र २८ गतेदेखी विद्युत विस्तारको काममा खटिरहेका थिए ।