कञ्चनपुरमा पनि सलहको झुण्ड प्रवेश
बिहीबार, ०१ साउन २०७७, २२ : ३५
कैलाली । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा सलहको झुण्ड प्रवेश गरेको छ । बिहिबार साँझ भारतको लखिमपुर खिरीस्थित दुधुवा रास्ट्रिय निकुञ्ज हुँदै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ विकास बस्तीमा सलहको झुण्ड प्रवेश गरेको हो ।
बिहीबार साँझपख कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा ठुलो संख्यामा सलह प्रवेश गरेको र सो बथान पश्चिम दिशातर्फ गइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले फेसबुक पेजमार्फत जानकारी दिएको छ । कृषकलाई बाली जोगाउन सजग र सचेत रहन पनि प्रशासनले अनुरोध गरेको छ ।
यथार्थ विवरणका लागि कृषि ज्ञानकेन्द्र कञ्चनपुरको टोली त्यसतर्फ गइसकेको पनि प्रशासनले जनाएको छ ।