आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा तस्करीको सामान बरामद

शुक्रबार, ०२ साउन २०७७, ११ : २६
शुक्रबार, ०२ साउन २०७७

रौतहट – रौतहट स्थित प्रहरीले दुईवटा मोटरसाईकल सहीत लाखौं मूल्य बराबरको बिभिन्न तस्करीको सामान बरामद गरेको छ । 

प्रहरीचौकी रमपुरवाको टोलीले दुईवटा भारतिय नम्बरको मोटरसाईकल सहीत एकलाख १९ हजार बराबरको बिभिन्न ब्राण्डको मदिरा र भारतिय कपडा बरामद गरेको हो ।
 
भारतीय बजार कुण्डवा चैनपुरबाट भन्सार छली ल्याएका सामान र रौतहटबाट भारतीय बजारमा लैजान लागेको बिभिन्न ब्राण्डका मदिरा ईशनाथ नपाको सिमाक्षेत्रबाट बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

बरामद सामानसहित दुईवटा मोटरसाइकल आवशयक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी प्रवक्ता  श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप