सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फुल्पिङकट्टीमा फेरि गयो पहिरो, स्थानीयवासी त्रासमा

शुक्रबार, ०२ साउन २०७७, १३ : ४४
शुक्रबार, ०२ साउन २०७७

भोटेकोशी गाउँपालिका– ४  फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ ।  स्थानीय बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र  एकै परिवारका अन्य तीन जना  बेपत्ता भएका थिए । 

पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको शव फेला परेको छ । सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप