मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

शुक्रबार, ०२ साउन २०७७, १८ : २४
शुक्रबार, ०२ साउन २०७७

काठमाडौ । मनकामना मन्दिर दर्शनका लागि सञ्चालित देशकै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ । कोरोना भाइरस महामारीले पारेको प्रभावलाई आत्मसात गर्दै केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह समेत गरेको छ । 

उक्त कम्पनीले लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै पर्यटन र धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्रका साथै धार्मिक क्षेत्र समेत खुलाउनतर्फ सरकारले चासो दिनुपर्नेमा कम्पनीले जोड दिएको छ ।

लामो समयदेखि यी प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापूर्वक यस्ता क्षेत्र सञ्चालन हुनुपर्नेमा कम्पनीले जोड दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप