आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्याग्दीका पहिरो पीडितलाई एनआइबीएलको सहयोग

शुक्रबार, ०२ साउन २०७७, २० : ५३
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भारी वर्षाको कारण म्याग्दी जिल्लाका पहिरो पीडित नागरिकहरूलाई सहयोग गरेको छ । 

बैंकले आफ्नोसामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)अन्तर्गत बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका छन् । 

बैंकले उपलब्ध गराएका पालहरूमा पीडितले आश्रय लिन सक्ने भएकाले तत्कालका लागि अत्यावश्यक पाल सहयोग गरेको बैंकले जनाएको छ । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको जनाएको छ । पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआइबीएल पहिलो संस्था भएको बैंकको दावी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप