दोलखाको पवटीमा यात्रुबहाक बस दुर्घटना, ३ जना गम्भीर घाइते
शनिबार, ०३ साउन २०७७, १४ : ०५
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ यात्रु गम्भीर घाइते भएका छन् । मेलुङ गाउँपालिका–१ पवटीमा भएको उक्त दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् ।
पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा १९ जना सवार रहेको बताइएको छ । गम्भीर घाइतेहरुको अहिले सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भैरहेको छ ।