सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बितेको २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिए

शनिबार, ०३ साउन २०७७, १६ : ३०
शनिबार, ०३ साउन २०७७

बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । 

उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।

गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट  ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ । 

हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप