सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाखापानी कबुलियत वन समूह पुरस्कृत

आइतबार, ०४ साउन २०७७, १२ : ३०
आइतबार, ०४ साउन २०७७

 विपन्न वर्गको आयआर्जन गर्नमा पाल्पाको पाखापानी कबुलियत वन समूह उत्कृष्ट  भएको छ ।  डिभिजन वन कार्यालय पाल्पाले वन समूहहरुलाई टिमुर, अलैची, केरा, अम्रिसो लगायतका खेतीको पकेट क्षेत्र बनाइ गत वर्ष प्रतिस्पर्धा गराएको थियो ।

   सोही अनुरुप पाखापानी कबुलियत वन समूहलाई  उत्कृष्ट छनौट गरी १० हजार नगद पुरस्कारले पुरस्कृत गरेको हो ।  त्यस्तै  दोस्रो पुरस्कार बुढीकोट कबुलियत वन समूहले प्राप्त गरेको छ । उसले ८ हजार नगद पुरस्कार पाएको छ ।

  तेस्रो पुरस्कार मौलाथर कबुलियत वन समूहले ६ हजार नगद प्राप्त गरेको छ । वन संरक्षण उत्पादन गर्नमा प्रोत्साहित गर्दै विपन्न वर्गको जीवनस्तर उकास्न पुरस्कारको ब्यवस्था गरिएको डिभिजन वन कार्याले पाल्पाका रेन्जर  यमलाल पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप