सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ५ बाट ३ हजार ६७५ जनाले जिते कोरोना (विवरणसहित)

आइतबार, ०४ साउन २०७७, १४ : ४१
आइतबार, ०४ साउन २०७७

बुटवल । आइतबारसम्म प्रदेश नम्बर ५ का १२ वटा जिल्लामा   कोरोनाभाइरस संक्रमितको कुल संख्या ४ हजार ८१ जना पुगेको छ । त्यसमध्ये ३ हजार ६७५ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म यो प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना रहेको छ । प्रदेशभरका १ सय ५० वटा आइसोलेशन कक्षमा अहिले ३ सय ९३ जनाले उपचार गराइरहेका छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार ९०.०५ प्रतिशतले कोरोना जितेर घर फर्किएका हुन् ।

यस्तो छ जिल्लागत अवस्था

कपिलवस्तुका १६ वटा आइसोलेशन कक्षमा कुल संक्रमित ४ सय ५६ जना मध्ये २० जनाले उपचार गराइरहेका छन् भने ७ सय ३६ जना निको भइ घर फर्किएका छन् । जहाँ एक जनाको पनि मृत्यु भएको छैन ।

दाङका ७ जटा आइसोलेशनमा कुल संक्रमित ६ सय ४१   जना मध्ये १ सय ५० जनाले उपचार गराइरहेका छन् भने ४ सय ८९ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यस जिल्लामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी पाल्पा जिल्लामा २५ वटा आइसोलेशन कक्ष रहेका छन् । जहाँ कुल संक्रमितको संख्या ५ सय ५५ जना रहेका छन् । ४६ जनाले उपचार गराइरहेका छन् भने ५ सय ८ जनाले कोरोना जितेर घर फर्किएका छन् । पाल्पामा कोरोना संक्रमणबाट एक जनाले पनि ज्यान गुमाएका छैनन् ।

यसैगरी बाँके जिल्लामा कुल संक्रमितको सख्या ३ सय ३४ जना रहेका छन् । त्यहाँको १३ वटा आइसोलेशन कक्षमा २० जनाले उपचार गराइरहेका छन् भने ३ सय ७२ जना निको भइ घर फर्केका छन् । त्यहाँ २ जनाको मृत्युृ भएको छ ।

यसैगरी गुल्मी जिल्लामा कुल संक्रमितको संख्या ३ सय ५३ जना पुगेको छ । २२ वटा आइसोलेशन कक्षमा ११ जनाले उपचार गराइरहेका छन् भने ३ सय ३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यहाँ ३ जनाको मृत्यु भएको  छ ।

यस्तै रुपन्देही जिल्लाको जनसंख्याको अनुपातमा अन्य जिल्लाको तुलनामा संक्रमितको संख्या कम देखिएको छ । रुपन्देहीमा कुल संक्रमितको संख्या ३ सय ७२ जना रहेका छ ।   त्यहाँ १७ वटा आइसोलेशनमा २२ जनाले उपचार गराइरहेका छन् भने ३ सय २ जना उपचार गरि घर फर्किएका छन् । त्यहाँ १ जनाको मृत्यु भएको छ ।

यसैगरी प्युठान जिल्लामा कुल ३ सय ३३ जना कोरोना संक्रमित रहेका छन् ।  त्यहाँको २१  व्वटा आइसोलेशन कक्षमा २९ जनाले उपचार गराइरहेका छन भने ३ सय ४ जना निको भई घर फर्केका छन् । जहाँ एक जनाको पनि मृत्यु भएको छैन ।

उता वर्दियामा कुल संक्रमितको संख्या २ सय २० जना रहेको छ ।  ११ वटा आइसोलेशन कक्षमा २८ जनाले उपचार गराइरहेका  छन् भने १ सय ९२ जना निको भई घर फर्केका छन् । त्यहाँ एक जनाको पनि मृत्यु भएको छैन ।
नवलपरासी जिल्लामा कुल संक्रमितको संख्या १ सय ७ पुगेको छ । त्यहाँको २२ वटा आइसोलेशन कक्षमा २२ जनाले उपचार गराइरहेका छन् भने ८५ जना उपचार गरी फर्किएका छन् । त्यहाँ पनि कसैको मृत्यु भएको छैन ।

यसैगरी रोल्पा जिल्लामा कुल संक्रमित ६६ जना रहेका छन् ।  त्यहाँको ४ वटा आइसोलेशनमा १८जनाले उपचार गराइरहेका छन् । ४७ जना कोरोना जितेर फर्किएका छन् । त्यहाँ पनि कसैको  ज्यान गएको छैन।

रुकुम पूर्वमा भने कुल संक्रमित ८ जना रहेका छन् ।  एउटा मात्र आइसोलेशन छ त्यहाँ । ४ जनाले उपचार गराइरहेका छन् भने ४ जना उपचार गरी फर्किएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप