सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यामाहा फेसिनो ४ नयाँ आकर्षक ड्युअल टोन कलरमा

आइतबार, २५ भदौ २०७४, १९ : ०४
आइतबार, २५ भदौ २०७४

काठमाडौं – यामाहाले लोकप्रिय स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गरि बीएस४ उत्सर्जन मापदण्डअनुसार अपडेट गरेको छ । ड्युअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको छ । 


फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक ड्युल टोन कलरमा नेपाली बजारमा उपलब्ध छ । यो अटोमेटिक स्कुटरमा १ सय १३ सीसीको एयर–कुल्ड एसओएचसी इन्जिन रहेको छ । जसले भी–बेल्ट अटोमेटिक ट्रान्समिसन गर्ने यामाहाले जनाएको छ ।

बीएस४ मापदण्डको इन्जिनले ७५०० आरपीएममा ७.१ पीएस बराबरको अधिकतम पावर र ५००० आरपीएममा ८.१ एनएम टर्क उत्पन्न गर्ने जनाइएको छ । 
नयाँ फेसिनोमा स्टाइलिस मिटर कन्सोल, आकर्षक हेड ल्याम्प, ड्युअल टोन कलर स्किम, आकर्षक ग्राफिक्स, थ्रि डी लोगो, क्रोम फिनिसिङ भएको रियर भ्यु मिरर, २१ लिटरको बुट, हुक, लामो सिट, ग्रयाब बार र अन्य विशेषता छन् । 


नयाँ स्कुटरमा किक र इलेक्ट्रिक स्टार्ट दुवैको सुविधा छ । फेसिनो स्कुटरमा टेलिस्कोपिक फोर्क र ड्रम ब्रेक उपलब्ध छ भने यसको वजन पहिलेकै कै १०३ केजी रहेको छ । तथापी नयाँ फेसिनोको ह्विल बेसलाई २ मिलिमिटरले बढाएर १३० मिलिमिटर बनाइएको छ । 


नयाँ यामाहा फेसिनोको मूल्य रु १ लाख ९४ हजार ९ सय तोकिएको छ । फेसिनो सन् २०१५ मा नेपालमा लन्च भएको थियो । त्यसयता क्लासिक लुक्स, बेजोड पर्फमेन्स र कम्पोर्टका कारणले यसले आफूलाई ‘सुपरमोडल स्कुटर’का रुपमा स्थापित गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप