सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
आइतबार, ०४ साउन २०७७, १८ : ५६
अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल –तानसेन सडक खण्ड आइतबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
शुक्रवार साँझ डुम्रेस्थित गौडेपुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक तीनदिनपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो हटाउन सडक डिभिजन पाल्पाले दुबैतर्फबाट दुईवटा डोजर प्रयोग गरेको थियो । सडक खुलेसँगै रुपन्देही र पाल्पा तर्फबाट आएका यात्रु गन्तव्यमा लागेका छन् । पहिरो सडदेखि करिब सय मिटर माथिबाट खसेको थियो ।