सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : बितेको २४ घण्टामा १८६ जना संक्रमित थपिए

सोमबार, ०५ साउन २०७७, १६ : ३०
सोमबार, ०५ साउन २०७७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।  

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए । 

पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने  थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप