सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायत र चीनमा विकसित कोरोना भाइरसका दुई खोप ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल

सोमबार, ०५ साउन २०७७, २२ : ३८
सोमबार, ०५ साउन २०७७

एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका हुन् । 

मानवको लागि सुरक्षित साबित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरुमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी रहेको छ ।   बेलायतका एक हजारभन्दा बढी वयस्कहरूमध्येको पहिलो परीक्षणले पत्ता लगायो कि खोपले नोबेल कोरोनाभाइरसको बिरूद्ध ‘कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया’ देखाएको थियो । खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारीविरूद्धको विश्वव्यापी लडाईंमा ठूलो आशा पलाएको छ । यद्यपि अनुसन्धानलाई थप ठूलो समूहमा परीक्षण जारी राखिएको र यसको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्नेछ ।

बेलायतमा विकशित खोपको सफलतासँगै बेलायत सरकारले खोपको १० करोड मात्राको माग गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ । त्यस्तै चीनमा ५०० भन्दा बढी मानिसहरुमा गरिएको एक अलग परीक्षणमा पनि अत्यधिक व्यक्तिमा व्यापक रोगप्रतिरोधी प्रतिक्रिया विकसित गरेको देखिएको छ । 

यसबारे ‘द लान्सेट नामक मेडिकल जोर्नल’ (अनुसन्धानमुलक पत्रिका) मा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुबै खोपहरू कोभिड–१९ विरूद्ध व्यापक प्रयोगका लागि उपयोगी, प्रभाबकारी तथा सुरक्षित देखिएको बताइएको हो । अनुसन्धानमा सहभागी अध्ययनका लेखकहरूले भने कि तिनीहरूले खोप उम्मेदवारहरूबाट केही प्रतिकूल (साइड इफेक्ट) को सामना गरे । उनीहरूले विशेष गरी वयस्कहरूमा अझ बढी अनुसन्धान आवश्यक रहेको बताएका छन् । बयस्कहरू, जो असान्दर्भिक रूपमा कोभिड–१९ का कारण मृत्यको जोखिममा रहन्छन, उनीहरूमाथिको थप परीक्षण आवश्यक छ । 

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान प्रतिवेदनका सह–लेखक सारा गिलबर्टले नतिजाले ‘निकै आशावादी’ बनाएको बताए । उनले भने, “यदि हाम्रो खोप प्रभावकारी छ भने यो आशाजनक विकल्प हो किनकि यस किसिमका खोपहरू ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ ।”
 

अक्सफोर्ड युनिभर्सिटीद्वारा कोरोना भाइरसविरुद्धको खोपले काम गरेको घोषणा

डा.रवीन्द्र पाण्डे

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको बिबिसीले जनाएको छ | ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ |

बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ |

यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो | यो खोपले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ |

दोस्रो फेजको ट्रायलमा सहभागीमध्ये ९० % लाई पहिलो डोजले नै एन्टिबोडी बिकास गरेको छ भने १० % लाई दुई डोज दिनुपरेको जनाइएको छ |

सहभागीमध्ये ७० % लाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाव नभएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् |

तेस्रो तथा अन्तिम चरणको ट्रयालमा बेलायतमा १०, ०००० व्यक्तिलाई, अमेरिकामा ३०,००० व्यक्तिलाई, दक्षिण अफ्रिकामा २,००० व्यक्तिलाई र ब्राजिलमा ५,००० व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ |
यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ |

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप