सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुगलले ल्यायो भिडियोसहितको नयाँ किनमेल एप

सोमबार, ०५ साउन २०७७, २३ : १९
सोमबार, ०५ साउन २०७७

एजेन्सी । प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ ।  नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ । 

गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् ।  नयाँ एपमा विक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिनेगरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ । 

सपलुपका महाप्रवन्धक लक्स पुजारीले एपमा राखिएको भिडियोले उपभोक्तालाई पसलमै गएर सामान हेरेजस्तो अनुभूति गराउने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप