मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मंगलबार कति छ अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर

मङ्गलबार, ०६ साउन २०७७, ०८ : ५९
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (साउन ६) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप