मीनाले ल्याइन् ‘गण्डकी बग्यो सली सली’
मङ्गलबार, ०६ साउन २०७७, १२ : २३
काठमाडौं । गायिका मीना निरौलाको तिज गीत ‘गण्डकी बग्यो सली सली’ सार्वजनिक भएको छ । एक आकर्षक भिडियो सहित गीत सार्वजनिक गरिएको हो ।
प्रल्लाद सुवेदीको शब्द, बसन्त थापाको संगीत रहेको गीतमा संगीत संयोजनको काम आशिष अविरलले गरेका छन् ।
भिडियोमा अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीको निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाँकन, अमृत चापागाइको सम्पादन छ । भिडियोको निर्माण जनता डिजिटलले गरेको हो ।