आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतमाथि बन्नेछ फिल्म ‘सुसाइड या मर्डर’: मुख्य भूमिकामा टिकटक स्टार

मङ्गलबार, ०६ साउन २०७७, १३ : १३
मङ्गलबार, ०६ साउन २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि चलिरहेको विवादबीच उनीमाथि फिल्म बनाउने घोषणा भएको छ । फिल्मको नाम हुनेछ ‘सुसाइड या मर्डर’ । फिल्मको प्रमुख भूमिकामा सुशान्त झैं देखिने टिकटक सटार सचिन तिवारी  हुनेछन् । यो फिल्म कथित रुपमा ती परिस्थितीमा आधारित छन् जसका कारण युवा अभिनेताको असामयिक निधन भयो ।

उत्तर प्रदेशको रायबरेलीमा बस्ने सचिन तिवारीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले फिल्ममा आउटसाइडरको भूमिका निभाउने घोषणा गरेका छन् । फिल्मको निर्देशन शमिक मौलिकले गरेका छन् ।

सुशान्तको मृत्युपछि टिकटकमा चर्चित सचिन तिवारी चर्चामा आए । उनलाई धेरैले सुशान्त जस्तै देखिने बताउने गर्छन् । उनको लुकको कारण पनि उनका प्रशंसक बढेका छन् । तिवारी फिटनेस प्रेमी हुन् र नियमित रुपमा आफ्नो वर्कआउट र स्टन्टको भिडियो पोस्ट गरिरहन्छन् । तिवारीले फिल्मको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप