सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जामा ३ प्रहरीमा कोरोना देखियो

मङ्गलबार, ०६ साउन २०७७, १८ : ०६
मङ्गलबार, ०६ साउन २०७७

स्याङ्जा । स्याङ्जामा ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । 

प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार ३३, ३४ र ३८ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो । 

संक्रमित प्रहरी कर्मचारीहरुको गत साउन ४ गते स्वाब परीक्षणका लागि पोखरा लगिएको थियो । उनीहरुमा मंगलबार दिउँसो कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कणेलका अनुसार संक्रमण प्रहरी कर्मचारीहरुलाई करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा राख्ने तयारी भैरहेको जानकारी दिएका छन् । 

प्रहरी कार्यालयभित्र रहेका रहेका सबै जनाको स्वाब परीक्षणका लागि लिइएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा हाल ५५ जना प्रहरी कर्मचारी कार्यरत छन् । 

यसअघि फेदीखोला गाउँपालिकाका तीनजना पुरुष र गल्याङ नगरपालिकाका एकजना पुरुषमा कोरोना देखिएको थियो । गल्याङका संक्रमित गल्याङ सामुदायिक अस्पतालका डाक्टर हुन् । 

स्याङ्जामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ । जसमध्ये १८३ जना निको भएका छन् भने दुईजना पुरुषले ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप