आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युएईमा हुनसक्छ आईपीएलको आयोजना

मङ्गलबार, ०६ साउन २०७७, २१ : ३६
मङ्गलबार, ०६ साउन २०७७

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग युएईमा आयोजना हुने तय भएको आईपिएल गर्भनिङ काउन्सिलका अध्यक्ष ब्रिजेस पटेलले जनाएका छन् । 
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सरकारमसक्ष युएईमा प्रतियोगिता आयोजना गर्नका लागि पत्र लेखेर अनुमति मागेको र जवाफको प्रतिक्षामा रहेको क्रिकबजमा प्रकाशित समाचारमा उल्लेख छ । ‘हामीले सरकारलाई युएईमा प्रतियोगिता आयोजना गर्नका लागि अनुमति माग्दै पत्र लेखेका छौं,’ पटेलले क्रिकबजसँग भने,‘मिति अहिल्यै तय भइसकेको छैन र आगामी इपिएल गर्भनिङ काउन्सिलको बैठकबाट निर्णय हुनेछ, जो आगामी ७ वा १० दिनमा हुनेछ ।’
यसअघि मार्च २०२० को अन्त्यमा आइपिएल सुरु हुने तय थियो तर कोभीड–१९ का कारण स्थगित भयो । 
श्रीलंका, न्युजिल्यान्ड, युएईलगायतका देशबाट प्रतियोगिता आयोजना गर्नका लागि बीसीसीआई समक्ष आग्रह आएको थियो । गत महिना इमिरेट्स क्रिकेट बोर्डले प्रतियोगिता आयोजनाका लागि आवश्यक पूर्वाधार आफुसँग भएको भन्दै प्रस्ताव ल्यायो । पटेलले भारतमै प्रतियोगिता आयोजना गर्ने विकल्प अझै समाप्त भइ नसकेको बताए । उनका अनुसार यो निर्णय इपिएलको आगामी गर्भनिङ काउन्सिल बैठकबाट लिइनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप