सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चेपाङ बस्तीमा आगो लगाउनेलाई तत्काल कार्वाही गर्न माग

मङ्गलबार, ०६ साउन २०७७, २३ : २७
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले चितवनको माडी–९ कुसुमखोलास्थित चेपाङबस्तीका ८ घर हात्ती लगाएर भत्काएको र २ घरमा आगो लगाईएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनाप्रति ध्यानकर्षण भएको जनाएको हो ।

आयोगले गाँस बासको कुनै उपाय नभएका आदिवासी सीमान्तकृत चेपाङ सुकुम्बासीलाई २ दशकभन्दा बढी समयदेखि बस्दै आएको स्थान र त्यो पनि मध्य वर्षातका समयमा जुनसुकै कारण देखाएर गरिएको उठिबास र आगलागी क्षम्य नभएको जनाएको छ ।

आयोगले पीडित नागरिकलाई तुरुन्त आवास र क्षतिपूर्तिको व्यवस्था गर्न र घटनाको छानबिन गरी चितवन राष्ट्रिय निकुञ्जका संलग्न कर्मचारीलाई तुरुन्त कडा कार्वाही गर्न सम्बन्धित सरकारी निकायसँग अनुरोध समेत गरेको छ । सो बस्तीका ८ घर हात्ती लगाएर भत्काइएको र २ घरमा आगो लगाइएको समाचार मंगलबार सार्वजनिक भएको थियो । तस्बिरः नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप