सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एलन मस्कले भने, ‘अब हेडफोनको आवश्यकता छैन, नयाँ ब्रेन चिपले सङ्गीत सिधा दिमागमा पुग्नेछ’

बुधबार, ०७ साउन २०७७, ०७ : ३१
बुधबार, ०७ साउन २०७७

संसारभरीको चर्चित कम्पनीमध्येको एक टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कको न्यूरालिङ्क ब्रेन इम्प्लान्ट प्रविधि सफल भएको खण्डमा संसारबाट हेडफोन जस्ता उपकरण हराएर जाने दाबी गरिएको छ । एलन मस्कले एउटा त्यस्तै प्रोजेक्टलाई फन्ड गरिरहेका छन् जसको नाम हो – न्यूरालिङ्क । यस अन्तर्गत एउटा यस्तो कम्प्युटर बनाइँदैछ जो एउटा सानो चिप आकारको हुनेछ । यसलाई मानिसहरुको दिमागमा फिट गरिनेछ ।

चर्चित कम्प्युटर वैज्ञानिक अस्टिन हार्वर्डसँग ट्वीटरमा कुराकानीको क्रममा मस्कले कम्पनीद्वारा बनाइएको यो उपकरणमार्फत् सङ्गीत सिधा दिमागमा पुग्ने जानकारी दिएका छन् । यो डिभाइसले कुनै पनि प्रकारको लत र डिप्रेशनबाट छुटकारा दिलाउन पनि मद्दत गर्नेछ ।

२८ अगस्टमा कम्पनीको एक समारोहमा यसलाई सार्वजनिक गरिने सम्भावना छः

एक इन्चको यो चिपलाई शल्यक्रिया गरेर इम्प्लान्ट गर्न सकिन्छ । २८ अगस्टमा कम्पनीको एक समारोहमा यसलाई लञ्च गर्ने सम्भावना छ । एलन मस्कले सन् २०१६ मा न्यूरालिङ्क नामक प्रोजेक्ट सार्वजनिक गरेका थिए । यस अन्तर्गत अत्यन्तै पातलो र लचिलो धागो डिजाइन गरिएको छ जो मानिसको कपालको तुलनामा १० गुणा पातला छन् र यसलाई सिधै दिमागमा इम्प्लान्ट गर्न सकिन्छ ।

यो चिप हज्जारौं माइक्रोस्कोपिक थ्रेडले बनेको हुनेछ । मस्कले यो ब्रेन कम्प्युटर इन्टरफेस टेक्नोलोजीको मद्दतले विभिन्न प्रकारको न्यूरोलोजिकल रोगको उपचार निकै सजिलै गर्न सकिने दाबी गरेका छन् । साथै, यो डिभाइस मेरुदण्डको चोटको उपचारका लागि पनि वरदान साबित हुने बताइएको छ ।

यसको मानवीय परीक्षण अन्तिम चरणमाः

ट्वीटर प्रयोगकर्ता प्रणय पथोलेले अवसाद वा डिप्रेशन पैदा गर्नका लागि जिम्मेवार दिमागको हिस्सालाई पुनः प्रशिक्षित गर्न न्यूरालिङ्कको प्रयोग गर्न सकिन्छ त भनेर प्रश्न सोधेका थिए । जवाफमा मस्कले भने, ‘पककै पनि । साथै यो प्रविधिलाई अल्जाइमर र पार्किन्सनजस्ता रोगबाट पीडित व्यक्तिको जीवन उत्कृष्ट बनाउन पनि प्रयोग गर्न सकिन्छ ।’

बाँदर र मुसामा सफल परीक्षण पछि यसको मानवीय परीक्षण अन्तिम चरणमा छ ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप