दयाहाङ र केनिपाको जीवन्त अभिनय रहेको ‘जहाजै चढेर’को भिडियो सार्वजनिक
बुधबार, ०७ साउन २०७७, ११ : ५५
काठमाडौं । गायक अमृत क्षेत्रीको नयाँ गीत ‘जहाजै चढेर’ को भिडियो सार्वजनिक भएको छ । परदेशीको पीडा समेटिएको गीतमा शब्द, संगीत अमृतकै रहेको छ । गीतको भिडियोमा दयाहाङ राई र केनिपा सिंह पहरीको अभिनय देख्न सकिन्छ ।
निकेश खड्काले निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्, भने विकास धमलाको सम्पादन रहेको छ । शुरशाला स्टुडियोको प्रस्तुति रहेको गीतमा अमृतलाई गायनमा मेलिना राईले साथ दिएकी छन् ।