लकडाउन खुलेपछि यस्तो देखियो राजधानीको सडक, तस्विरमा हेर्नुहोस्
बुधबार, ०७ साउन २०७७, १३ : ५६
गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन) बुधबारबाट औपचारिकरुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् । यद्यपि, केही क्षेत्रहरुमा भने प्रतिबन्ध कायम नै रहेका छन् ।
यातायात सञ्चालनमा लगाइएका अधिकांश प्रतिबन्धहरु हटाइएका छन् । योसँगै धेरै सार्वजनिक यातायातहरु सञ्चालनमा आएका छन् । सरकारसँगको वार्तापछि यातायात व्यवसायीहरुले बिहीबारबाट पूर्णरुपमा सार्वजनिक यातायातहरु सञ्चालनमा आउने भएका छन् ।
लकडाउन अन्त्य भएसँगै बिस्तारै जनजीवन सामान्यतर्फ अघि बढ्दैछ । तर, संक्रमणको जोखिम कायम नै रहेकाले मानिसहरु अझै पनि सतर्क रहेका छन् । हेरौँ लकडाउन खुलेको पहिलो दिन देखिएको राजधानीको सडकः