सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खान नपाएर पहिरो पीडितको मृत्यु

बुधबार, ०७ साउन २०७७, १५ : ०७
बुधबार, ०७ साउन २०७७

जाजरकोट । गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खान बस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिए । 

आज बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताए । आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप