सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाबाट चिनियाँ नागरिकसहित २ को मृत्यु

बुधबार, ०७ साउन २०७७, १६ : ४२
बुधबार, ०७ साउन २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट चिनियाँ नागरिकसहित थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । 
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय  पुरुषको साउन ६ गते निधन भएको हो । खोकी, उच्च ज्वरु र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारकका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए । 

यस्तै पोखरामा काम गर्दै आएका एक ४९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप