बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोगलाई टाढै राख्न चाहनुहुन्छ भने मनसुनमा बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

बिहीबार, ०८ साउन २०७७, ०८ : ०४
बिहीबार, ०८ साउन २०७७

मनसुनको समयमा संक्रामक रोग फैलने अत्यधिक खतरा हुन्छ । तसर्थ, तपाईंले यो मौसममा आफ्नो खानपिनमा अलिकति पनि लापरवाही गर्नु हुँदैन । भारतकी चर्चित स्वास्थ्य विज्ञ प्रिति नन्दाले मनसुनमा मानिसहरुले खानपिनमा सावधानी अपनाउनुपर्ने सल्लाह दिन्छिन् ।

१. विशेषज्ञको सल्लाह अनुसार यो मौसममा मानिसहरुले सधैं उमालेको पानी पिउनुपर्छ । यस्तो गर्दा पानीमा रहेको ब्याक्टेरिया र किटाणु नष्ट हुने गर्छ । यसबाहेक दैनिक बिहान मनतातो पानीमा कागती हालेर पिउँदा शरीरबाट हानिकारण तत्व बाहिर निस्कने गर्दछ ।

२. मनसुनको समयमा खानामा नुनको प्रयोग कम गर्नुपर्छ । शरीरमा नुनले सोडियमको मात्रालाई बढाउन काम गर्छ । जुन पछि गएर उच्च रक्तचापको कारण पनि बन्नसक्छ । हाइपरटेन्शन, कार्डियोभास्कुलर रोग र मधुमेहका रागीले पनि खानामा नुनको कमै प्रयोग गर्नुपर्छ ।

३. यो मौसममा मौसमी फलफूलको मात्रै सेवन गर्नुपर्छ । वर्षाको मौसममा तपाईं स्याउ, अनार, आरु र नास्पातीजस्ता फलको सेवन गर्न सक्नुहुन्छ । यो फलबाट पाइने पौष्टिक तत्वले संक्रमण, एलर्जी र समान्य रोगलाई टाढा राख्ने काम गर्छ ।

४. मनसुनको समयमा डिप फ्राई गरेको खानेकुराबाट टाढै रहनुपर्छ । यो मौसममा समोसा, पाउरोटी लगायतका खानेकुरा नखानुहोस् । मनसुनको समयमा हाम्रो शरीरको पाचन क्रिया सुस्त हुने गर्छ जसका कारण खाना पच्न समस्या हुनेगर्छ ।

५. मनसुनमा हामीले प्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुरा मात्रै खानुपर्छ । यसमा तपाईं ड्राई फ्रुट्स, भेजिटेबल सुप, चुकन्दरलगायतका खानेकुराको सेवन गर्नुपर्छ । यसका साथै दैनिक ७ देखि ८ घण्टाको पर्याप्त निद्रा लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप