सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या २ हजार २३३ पुग्यो

बिहीबार, ०८ साउन २०७७, ०९ : ५४
बिहीबार, ०८ साउन २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने संक्रमितको संख्या २ हजार २३३ पुगेको छ ।  

बुधबार मात्र जिल्ला अछामबाट ३१ जना निको भएर घर गएपछि निको हुनेको सख्या २ हजार २३३ पुगेको हो । 

यसअघि भने ८ जना संक्रमितको  मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । त्यसैगरी विभिन्न प्रयोगशालाबाट गरिएको परिक्षणबाट १४ जना कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।

कैलालीमा १ पुरुष,१ महिला,कंचनपुर १ पुरुष, ३ महिला, बझाङ्ग १ पुरुष ,डोटी ४ पुरुष, ३ महिलामा संक्रमण पुस्टी भएको उनले बताए । योसंगै सकृय संक्रमित १ हजार ७६८ पुगेको उनले बताए । 

प्रदेशमा हालसम्म २९ हजार ९०८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २५ हजार ८९९ मा नेगेटिभ आएको उनले बताए ।

२ हजार ९३६ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २२ हजार ८५४ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३००, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९०, दार्चुलाका २०, डोटीका ५९२ , कैलालीका १०६७ र कंचनपुरका ४८६ गरि ४ हजार ९ रहेका छन । जस्मा महिला ९४४ र पुरुष ३ हजार ६५ छन । क्वारेन्टिाईनमा ४ हजार ४९५ पुरुष र १ हजार ५४३ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५६ गरी ७० जनाको उपचार भईरहेको छ ।

७६९ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।

हाल  टिकापुरमा २३, महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप