आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तालिवान लडाकूको आक्रमण विफल, १३ जना गैर-अफगानीसहित ३१ को मृत्यु

बिहीबार, ०८ साउन २०७७, २२ : ३९
बिहीबार, ०८ साउन २०७७

एजेन्सी । अफगानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी तालिवान लडाकूतर्फ ३१ जनाको मृत्यु भएको छ ।   रक्षा मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नान्गाहर प्रान्तमा बुधबार भएको घटनामा परी अरु १५ जना घाइते भएका छन् । 

“देशको खोग्यानी जिल्लामा पर्ने क्वेल्घोमा रहेको सुरक्षा चौकीमा बुधबार अबेर आक्रमण हुन थालेको सूचना अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले पहिले नै पाएको थियो । त्यसैले आक्रमणकारीहरुलाई विफल बनाउन सुरक्षाकर्मीहरु सफल भए,” मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

भिडन्तका क्रममा विभिन्न प्रकारका दश सवारी साधनहरु पनि नष्ट भएको मन्त्रालयले जानकारी दिएको छ । यस पहाडी प्रान्तमा धेरै बर्षदेखि बेला बेलामा यस्तै ठूला भिडन्तका घटनाहरु हुदै आएका छन् ।  अहिलेको घटनामा परी मारिएकामध्ये १३ जना गैह्र अफगानी नागरिक रहेको वक्तव्यमा उल्लेख गरिएको छ । 

अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै अमेरिका र तालिवान लडाकू समूहका बीचमा गत फेब्रुअरीमा दोहामा शान्ति सम्झौता भएको थियो । सम्झौतामा हिंसात्मक क्रियाकलाप नगर्ने र तालिवान समूहले विदेशी लडाकूहरुसँगको सम्वन्ध त्याग्ने उल्लेख गरिएको थियो । तर पनि तालिवान लडाकूहरुले अन्तर्राष्ट्रिय सम्वन्ध नतोडेको अधिकारीहरुले बताएका छन् ।   शान्ति सम्झौता भएदेखि नै अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीसहितका नेताहरुले पनि हिंसात्मक क्रियाकलाप रोक्न लगातार पटक पटक माग गर्दै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप