सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा १० नयाँ संक्रमित थपिए

शुक्रबार, ०९ साउन २०७७, १० : ५१
शुक्रबार, ०९ साउन २०७७

पोखरा – गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् ।

लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।

संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप