सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वाग्मतीका दुई विधेयक प्रमाणीकरण

शुक्रबार, ०९ साउन २०७७, १६ : ५७
शुक्रबार, ०९ साउन २०७७

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक आज प्रमाणीकरण गरेका छन् ।

 प्रमाणीकरण भएका विधेयकमा प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ र वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए । 

प्रदेशसभाको बैठकले यही साउन ५ र ६ गते ती विधेयक पारित गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप