मनोजको संगीतमा अञ्जुले गाइन् ‘जुनी जुनी’
शुक्रबार, ०९ साउन २०७७, १८ : २९
काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । मनोज चौलागाईको एरेन्ज तथा संगीत रहेको प्रेममय गीतमा अन्जुलाई गायक कौशलराज खड्काले साथ दिएका छन् ।
गीतको भिडियोमा गायक खड्का र ऋचा थापाको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द रहेको गीतको भिडियो सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।
धुलिखेलको रमणीय स्थानमा खिचिएको भिडियोमा मुकेश हुमागाईको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।