आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

शनिबार, १० साउन २०७७, १४ : ३५
शनिबार, १० साउन २०७७

कैलाली – सेतीप्रादेशिक अस्पताल धनगढी प्रयोगशालाबाट गरिएको परिक्षणबाट थप १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । 

शनिबार गरिएको परिक्षणबाट १  पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । 

कंचनपुर १३ भिमदत्तनगरका १७ बर्षिया १ परुषमा संक्रमण पुष्टि भएको  सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठले रातोपाटीलाई जानकारी दिए । 

त्यसैगरी हालसम्म १५५२० जनामा कोभिड १९ को  यस अस्पतालबाट जाच गरिएको र १४३२१ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए । 

२४ घण्टा भित्र ३६० जनामा जाच भएकोृ छ । हालसम्म कैलाली जिल्लामा मात्रै १११९ जना कोरोना पोजेटिभ फेला परेको श्रेस्ठको भनाई छ ।  

हालसम्म उपचार गरेको शंकास्पद संक्रमित १७३ जना रहेको र सो मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप