सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कास्की, गोरखा र नवलपुरमा ११ संक्रमित थपिए

शनिबार, १० साउन २०७७, १६ : २५
शनिबार, १० साउन २०७७

गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ ।

कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित गरि कुल ११ संक्रमित थपिएका हुन् । कास्कीको रुपमा गाउँपालिकामा एक पुरुष र गोरखाको पालुङटार र भीमसेनमा एक, एक जना गरि २ पुरषमा कोरोना पुष्टि भएको छ ।

नवलपुरको मध्यविन्दुमा ६ पुरुष, विनेयीत्रिवेणी र कावासोतीमा एक, एक जना गरि ८ पुरुष संक्रमित थपिएका छन् । संक्रमित एघार जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो । अहिले एघारै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप