सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ४२ हजार नाघ्यो

शनिबार, १० साउन २०७७, १८ : १५
शनिबार, १० साउन २०७७

नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ । 

भारतमा शनिबार साँझसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ४२ हजार १६६ पुगेको छ । 

अहिलेसम्म भारतमा ३१ हजार ४६४ कारोनाभाइरस सङ्क्रमितको मृत्यु भइसकेको छ । 

भारत सङ्क्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ तर भारतमा अधिकांश विरामी निको भई घर फर्किइसकेका छन् । 

शनिबारसम्ममा चार लाख ५८ हजार २०५ व्यक्ति कोभिड–१९ बाट अझै पनि सङ्क्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप