बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खाना खाएपछि थोरै समयका लागि हिँड्दा के साँच्चै बढ्दैन तौल ? यस्तो छ वास्तविकता

आइतबार, ११ साउन २०७७, ०९ : ११
आइतबार, ११ साउन २०७७

हामी सबैलाई थाहा छ कि टहल्नु स्वास्थ्यका लागि निकै राम्रो व्यायाम हो । तर हामीमध्ये धेरै मानिसहरु स्वस्थ त हुन चाहन्छन् तर समयको कमीको बहाना बनाएर टहल्ने जस्ता साधारण क्रियाकलाप पनि गर्दैनन् । बिहान उठेर मर्निङ वक नगरेपनि तौल घटाउनु छ भने खाना खाएपछि हिँड्नुपर्छ भनेर सुन्नभएको होला । त्यसकारण मौका पाउने बित्तिकै र आफूसँग थोरै समय छ भनेपनि यताउती हिँड्नु भने पर्छ । हिँड्दा तपाईंको रक्त सञ्चार राम्रो हुन्छ र शरीरले थुप्रै फाइदा पाउँछ ।

खाना खाएपछि कति हिँड्नुपर्छ ?

हुन त खाना खाएपछि कति पाइला हिँड्नुपर्छ भनेर बलियो फर्मूला त छैन तर यदि तपाईंसँग समय छ भने तपाईंले कम्तीमा हजार पाइला भने हिँड्नुपर्छ । यसमा १० देखि १५ मिनेटको समय लाग्नसक्छ । तर धेरैजसो मानिसहरुले हिँड्दा केही गल्ती गरिरहेका हुन्छन् जसका कारण जति प्रयास गर्दा पनि लाभ भने पाउँदैनन् । त्यसकारण खाना खाएपछि हिँड्ने होस् वा मर्निङ वकको समयमा तपाईंले तल दिइएका तरिका अपनाउनुपर्छ ।

हिँड्ने सही तरिका के हो ?

हिँड्ने बेला तपाईंले आफ्नो मुख बन्द राख्नुपर्छ भने नाकबाट सास फेर्नुपर्छ । यसबाहेक तपाईंले सुरुमा साधारण तरिकाले र पछि आफ्नो गति बढाउँदै हिँड्नुपर्छ । हिँडिराख्दा तपाईंले आफ्नो दुबै हातलाई छिटो छिटो अगाडि पछाडि चलाउनुपर्ने हुन्छ । हिँड्दाको पूरा लाभ उठाउनका लागि तपाईंले आफ्नो पाइला बढाउनु मात्रै पर्याप्त हुँदैन, तपाईंले शरीरको राम्रो मात्रामा क्यालोरी बर्न गर्न पनि आवश्यक छ । जब तपाईं तीब्र गतिमा हिँड्नुहुन्छ र हात हल्लाएर हिँड्नुहुन्छ भने तपाईंको क्यालोरी धेरै नै बर्न हुने गर्छ ।

के टहल्दा साँच्चै नै तौल घट्छ ?

टहल्दा तौल घट्छ – यो सही हो तर पूर्ण रुपमा सही पनि होइन । यदि तपाईं अत्यधिक मात्रामा अस्वस्थकर खाना खाएर १५ मिनेट टहल्न थाल्नुहुन्छ र तपाईंले खाएको खाना सजिलै पच्छ भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंले आफ्नो खाना सधैं आफूलाई भोक लागेभन्दा कम खानुपर्छ र बिस्तारै बिस्तारै चपाएर खानुपर्छ । यसो गरेर यदि तपाईं १५–२० मिनेट माथि बताइए अनुसार टहल्नु हुन्छ भने तपाईंको तौल बढ्दैन । तर यो पनि तपाईंले के खानुभएको छ भन्ने कुरामा निर्भर हुन्छ ।

खाना खाएपछि टहल्नुका अन्य फाइदाः

खाना खाएपछि टहल्दा तपाईंको शरीरले धेरै लाभ पाउँछ । यसले लामो जीवनमा तपाईंलाई स्वस्थ राख्छ र थुप्रै गम्भीर रोगबाट पनि टाढा राख्छ ।

– खाना खाएपछि केही बेर तीब्र गतीमा हिँड्दा रगतमा चिनिको मात्रा नियन्त्रण हुन्छ । मधुमेहका बिरामीका लागि खाना खाएपछि हिँड्नु अत्यधिक आवश्यक छ ।

– खाना खाएपछि टहल्दा तपाईंको शरीरमा रक्त सञ्चार तीब्र हुन्छ जसले शरीरको सबै क्रियाकलापलाई  राम्रो तरिकाले काम गर्न सघाउ पुर्याउँछ ।

– खाना खाएपछि टहल्दा तपाईंको पाचनतन्त्र सही हुन्छ त्यसकारण तपाईंको शरीर खानामा पोषक तत्वलाई राम्रो तरिकाले अवशोषित गर्न सक्छ ।

– रातीको खाना खाएपछि २० देखि ३० मिनेट टहल्दा तपाईंलाई मिठो र गहिरो निद्रा लाग्छ ।

– केही बेर टहल्दा तपाईंको तनाव पनि कम हुन्छ । त्यसकारण यदि तपाईंले जतिबेला मौका पाउनुहुन्छ पक्कै पनि टहल्नुहोस् ।

स्रोतः ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप