सैनामैनामा पिकअप भ्यान र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते
बुटवल । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठेगानाका ३६ वर्षीय खेमराज परियार गम्भीर घाईते भएका छन् भने २५ वर्षका यमराज घर्तीमगर, ३५ वर्षकी चनु घर्तीमगर, पिकअपका चालक २३ वर्षीय तेजेन्द्रबहादुर बुढा र दाङ राप्ती गाउँपालिका १ का जोठबहादुर घर्तीमगर घाईते भएका छन् ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको ट्राफिक प्रहरीले बुटववले जनाएको छ ।