बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टाइफाइड हुँदा के नखाने ? के को सेवनले स्वास्थ्यमा पर्छ खराब असर

सोमबार, १२ साउन २०७७, १४ : ०९
सोमबार, १२ साउन २०७७

टाइफाइड एउटा संक्रामक रोग हो जुन साल्मोनेला ब्याक्टेरियाका कारण हुने गर्छ । यो साधारणतया मनसूनको मौसममा बढी फैलने गर्छ । टाइफाइडको क्रममा चिसो लाग्नु, ज्वरो आउनु, कब्जियत, थकान, टाउको दुखाई जस्ता समस्या देखिने गर्छ । यस्तो स्थितीमा समयमै उपचार गर्नुपर्छ । यो रोगको उपचारका साथै खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ । खानाले नै बिरामीलाई चाँडै स्वस्थ पार्न मद्दत गर्छ ।

शरीरलाई शक्ति र ऊर्जा दिनका लागि नियमित अन्तरालमा थोरै थोरै खाइरहनुपर्छ । तसर्थ टाइफाइडका बिरामीलाई उच्च क्यालोरीयुक्त खाद्य पदार्थको सिफारिस गरिन्छ । तरपनि केही मानिसहरुले थाहा नपाइकनै यस्ता खानेकुराको सेवन गर्छन् जसले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्नेगर्छ । टाइफाइड हुँदा खान नहुने खाद्यपदार्थबारे यहाँ कुरा गरौं ।

उच्च फाइबरयुक्त खाद्य पदार्थः

टाइफाइडका बिरामीको खान्कीमा विशेष ध्यान राख्नुपर्छ । यस्तोमा उनीहरुको खान्कीमा उच्च फाइबरयुक्त खानेकुरा समावेश गर्नु हुँदैन । उदाहरणका लागि गहूँको रोटीजस्ता खाद्य पदार्थले बिरामीको पाचन तन्त्रमा क्षती पुर्याउन सक्छ र यो पच्न पनि निकै समय लाग्छ ।

काँचो तरकारीः

काँचो तरकारी हाम्रो स्वास्थ्यका लागि राम्रो होइन विशेषगरी वर्षायाममा । टाइफाइडका बिरामीलाई काँचो तरकारीबाट टाढै राख्नुपर्छ । किनभने यस्तो प्रकारको काँचो तरकारीमा थुप्रै ब्याक्टेरिया र भाइरस हुन्छन् जुन खाएको खण्डमा सजिलै शरीरभित्र प्रवेश गर्न सक्छन् । यसबाहेक तपाईंले बन्दागोभी, क्याप्सिकम, सलगम पनि खानुहुँदैन । यी तरकारीले शरीर सुन्निने गर्छ । त्यसकारण यदि तपाईं कुनै हरियो तरकारीको सेवन गर्न चाहनुहुन्छ भने यसलाई राम्रोसँग पकाएर खानुपर्छ ।

तैलीय खानेकुराः

तैलीय खानेकुरा टाइफाइडका बिरामीका लागि निकै खतरनाक हुनसक्छ । चिल्लो खानेकुराका साथै ड्राइ फ्रुटबाट पनि बिरामीलाई टाढा राख्नुपर्छ ।

मसलाः

टाइफाइडका बिरामीले मसालेदार खाना खाँदा आन्द्रा सुन्निन सक्छ । बिरामीले खुर्सानी, कालो मरिच, भेनेगर, सस, सलाद, डिब्बामा बन्द गरिएका फलफूल र तरकारीबाट टाढै हुनुपर्छ ।

के खाने ?

– टाइफाइडबाट पीडित सबै बिरामस्का लागि उच्च क्यालोरीयुक्त आहारका लागि सल्लाह दिइन्छ ।

– कार्बोहाइड्रेटले भरपुर खानाको सेवन आवश्यक

– सजिलै पच्न सक्ने खानेकुरा

– धेरैभन्दा धेरै पानी सेवन गर्नुहोस्

– राम्रो डेरी उत्पादनको सेवन गर्नुहोस् ।

टाइफाइड रोग लागेको खण्डमा तपाईंले कुनै पनि प्रकारको लापरवाही गर्नु हुँदैन । यसका साथै तपाईंले यसको पूरा उपचार गर्नुपर्छ र स्वस्थ खाना खानुपर्छ । यसले तपाईंलाई चाँडै ठिक हुन मद्दत गर्नेछ ।

स्रोतः ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप