सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा अन्योल, स्वयम्भूका स्थानीयको विरोध

सोमबार, १२ साउन २०७७, २० : ३५
सोमबार, १२ साउन २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोरोनाभाइरसबाट मृत्यु भएका पुरुषकोे शव व्यवस्थापनमा अन्योलता उत्पन्न भएको छ । 
सरकारी टोलीले मृतकको स्वयम्भूमा शव व्यवस्थापन गर्न खोजेको भएपनि स्थानीयले विरोध गरेपनि अन्योलता उत्पन्न भएको हो । 

सोमबार दिनभर स्थानीयलाई मनाउने प्रयास भएपनि सम्भव हुन नसकेको सुरक्षा स्रोतले जनाएको छ । सहमति जुट्न नसक्दा मृतकको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमै रहेको छ । 

यसअघि राजधानीमा कोरोनाबाट मृत्यु भएकाको पशुपतिमा शव व्यवस्थापन गर्ने गरिएको भएपनि बारा स्थायी ठेगाना भएका मृतकको भने धार्मिक आस्थाका कारण स्वयम्भू क्षेत्रमा अन्तिम संस्कार गर्ने तयारी थालिएको थियो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप