आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्याग्दीमा थप ४ जनामा डेङ्गुः सङ्क्रमितको सङ्ख्या २५ पुग्यो

सोमबार, १२ साउन २०७७, २३ : २०
सोमबार, १२ साउन २०७७

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा आज थप ४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । 

सङ्क्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष आज उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो ।

उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुन्छ । अस्पतालको रेकर्डअनुसार हालसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप